Skip to main content
विश्वSetopati

अमेरिकासँग फेरि वार्ता सुरू गर्न इरानले राख्यो ७ वटा सर्त

Read the full story at Setopati

अमेरिकासँग फेरि वार्ता सुरू गर्न इरानले राख्यो ७ वटा सर्त

इरानले ती सर्तहरू कतारमार्फत अमेरिकी पक्षलाई पठाएको इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईलाई उद्धृत गर्दै कतारी मिडिया अल जजिराले लेखेको छ। सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकामा रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने मुख्य सर्त छन्। इरानले कतारमार्फत सर्त पठाएपछि पाकिस्तानले दुई देशबीच रोकिएको वार्ता पुन सुरू गर्न मध्यस्थता गरिरहेको पनि अल जजिराले जनाएको छ।

तेहरानले अमेरिकाको जबाफ पर्खिरहेको उनले बताए। त्यसयता विभिन्न चरणमा वार्ता र युद्धविरामको प्रयास भए पनि पछिल्लो समय सैन्य तनाव पुनः बढेको छ। रेजाईले वार्ता चाहेको संकेतसँगै इरान अर्को सम्भावित अमेरिकी आक्रमणका लागि पनि तयार रहेको बताएका छन्।

इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो नीतिमा परिवर्तन नगरेको र हालसम्म आणविक अप्रसार सन्धि (एनपीटी) बाट बाहिरिने निर्णय नगरेको उनको भनाइ छ। यद्यपि थप प्रतिबन्ध वा आफ्नो आणविक मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लगिए त्यसले भविष्यमा इरानलाई फरक निर्णयतर्फ धकेल्न सक्ने उनले चेतावनी दिएका छन्। इरानले यसअघि अमेरिकासँगको वार्ता पुनः सुरु गर्न युद्ध अन्त्य, आर्थिक प्रतिबन्ध हटाउने र क्षतिपूर्तिसहितका माग अघि सार्दै आएको थियो।