तिहार : परम्परा मात्र मनाउने कि त्यसको अर्थ पनि बुझ्ने ?
Read the full story at Onlinekhabar (Nepali)

तिहार आउँदा घरआँगनमा दीप प्रज्वलित हुन्छन्, फूलका माला सजिन्छन्, देउसीभैलोका स्वर गुञ्जिन्छन् र दाजुभाइ – दिदीबहिनीबीच आत्मीयताको उत्सव मनाइन्छ । कागदेखि कुकुर, गाईदेखि गोरुसम्मको पूजा हुन्छ । धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ । भाइटीकामा निधारमा सप्तरङ्गी टीका र गलामा मखमली माला सजिन्छन् । बाहिरबाट हेर्दा तिहार ५ दिनसम्म चल्ने उल्लासमय पर्व हो ।
तर, यसको वास्तविक अर्थ यतिमै सीमित छ त ? हामीले वर्षौंदेखि गर्दै आएका परम्पराहरूको अर्थ नखोजी तिनलाई निरन्तरता दिइरहेका त छैनौँ ? अनि आधुनिक बन्ने क्रममा कतै हामीले आफ्नै संस्कृतिको मौलिकता बिर्सिंदै त गएका छैनौँ ? यी प्रश्नहरू तिहारको सन्दर्भमा मात्र होइन, हाम्रो समग्र सांस्कृतिक चेतनासँग सम्बन्धित छन् । पर्व केवल उत्सव होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनबोध पनि हो ।
त्यसैले तिहारलाई बुझ्न यसको बाहिरी रौनकभन्दा पर पुग्न आवश्यक छ । सनातन परम्परामा तिहारलाई यमपञ्चकका रूपमा मनाइन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोवर्धन पूजा तथा गोरु तिहार र भाइटीकाले यस पर्वलाई विविध धार्मिक तथा सांस्कृतिक अर्थ प्रदान गरेका छन् । स्थान, समुदाय र परम्पराअनुसार पूजाविधि तथा मनाउने शैलीमा केही भिन्नता पनि पाइन्छ । यी दिनहरूलाई केवल छुट्टाछुट्टै धार्मिक अनुष्ठानका रूपमा हेर्ने हो भने तिहारको एउटा पक्ष मात्र देखिन्छ ।
More society
- तिहारभर कस्तो होला मौसमNepal Khabar
- सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्तिNepal Khabar
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post
- From flood-hit areas to crime scenes, Nepal’s police dogs sniff out vital cluesKathmandu Post