Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

सन् २०२६ पनि अहिलेसम्मकै दोस्रो तातो वर्ष बन्ने संकेत, अक्टोबरमा तापक्रमले तोड्यो रेकर्ड

Read the full story at Onlinekhabar (Nepali)

सन् २०२६ पनि अहिलेसम्मकै दोस्रो तातो वर्ष बन्ने संकेत, अक्टोबरमा तापक्रमले तोड्यो रेकर्ड

औद्योगिक क्रान्तिअघिको तुलनामा विश्वको औसत तापक्रम १.७५ डिग्री सेल्सियस माथि, लगातार तेस्रो महिना १.५ डिग्रीको सीमा पार । २२ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको असर झन् भयावह बन्दै गएको छ । सन् २०२६ को अक्टोबर महिना अहिलेसम्मकै सबैभन्दा गर्म अक्टोबर महिनाका रूपमा रेकर्ड भएको छ ।

यस अवधिमा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा १.७५ डिग्री सेल्सियस बढी मापन गरिएको छ । युरोपेली संघको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सी३एस) र युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट्स (ईसीएमडब्ल्यूएफ) का अनुसार लगातार तेस्रो महिना विश्वको सरदर तापक्रमले १.५ डिग्री सेल्सियसको सीमा नाघेको हो । वैज्ञानिकहरूले सन् २०२६ पनि औद्योगिक क्रान्तिअघिको तुलनामा औसत तापक्रम १.५ डिग्रीभन्दा माथि रहने दोस्रो क्यालेन्डर वर्ष बन्न सक्ने अनुमान गरेका छन् । यसअघि सन् २०२४ मा पनि विश्वको औसत तापक्रम यो सीमाभन्दा माथि पुगेको थियो ।

सन् २०२६ को अक्टोबरमा विश्वको औसत तापक्रम १५.३५ डिग्री सेल्सियस पुगेको छ । यो सन् १९९१ देखि २०२० सम्मको अक्टोबर महिनाको औसत तापक्रमभन्दा ०.९० डिग्री बढी हो । यसअघि सन् २०२३ को अक्टोबर सबैभन्दा गर्म महिनाका रूपमा रेकर्ड भएको थियो । तर सन् २०२६ को अक्टोबरले उक्त रेकर्डसमेत तोडेको छ ।