दुर्घटनामा मृत्यु भएका १४ जनाको शव सर्लाही ल्याइँदै, सामूहिक अन्त्येष्टि गरिने
Read the full story at Thaha Khabar

सर्लाही : मकवानपुरको चिसापानी गढीमा बिहीबार भएको हायस गाडी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १४ जनाको शव आज ल्याइँदै छ। मृतक १४ जनाकै राति पोस्टमार्टम भएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए। उनले भने, ‘राति सबैको पोस्टमार्टम भइसकेको छ। मृतकको परिवारले पाउने क्षतिपूर्तिको विषयमा अहिले बिहान छलफल गर्दैछौँ।
त्यसपछि शव लिएर हिँड्छौँ। ’ बिहीबारको दुर्घटनामा यात्रुहरु चक्रघट्टा गाउँपालिका –४, सुन्दरपुर गाउँका १३ जना र चालक कविलासी नगरपालिकाका एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुन्दरपुर गाउँका अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती २८ वर्षीया पुनम यादव, छोरीहरु ५ वर्षकी दीपिका, ७ वर्षकी दीक्षा र १० वर्षकी अनुकुमारी, भाइहरु २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादवको दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँ बिहीबारदेखि नै शोकमग्न बनेको छ।
छठका कारण अन्यत्र उल्लास छाउँदा सुन्दरपुर गाउँमा भने रुवावासी छ। मृतकहरुको शव सर्लाही ल्याएर सामूहिक अन्त्येष्टिको तयारी छ। गाउँपालिका अध्यक्ष यादवले सुन्दरपुरका १३ जनाको एकै ठाउँमा अन्त्येष्टि गर्ने तयारी रहेको बताए।
More politics
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामदNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar