अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको प्रक्रिया अघि बढ्न नसकेको हो । अल जजिराका अनुसार रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले मंगलबार प्रस्ताव समितिमा पठाउने निर्णय गरेको हो ।
यो निर्णयसँगै हेगसेथविरुद्ध तत्काल महाभियोगको औपचारिक मतदान हुने सम्भावना टरेको छ । रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए । इरान युद्ध सञ्चालनमा उनको भूमिका र अन्य सैन्य कारबाहीलाई लिएर प्रस्तावमा आरोप लगाइएको थियो । प्रस्तावलाई समितिमा पठाउने पक्षमा रिपब्लिकन सांसदहरूले मतदान गरेका थिए ।
मासी भने आफ्नै दलका सांसदहरूमध्ये प्रस्ताव समितिमा पठाउने निर्णयको विपक्षमा उभिएका एकमात्र सदस्य थिए । अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण आगामी जनवरीसम्म रहने भएकाले समितिले प्रस्तावमाथि सुनुवाइ गर्ने, अनुसन्धान अघि बढाउने वा महाभियोगका धारालाई अगाडि बढाउने सम्भावना न्यून रहेको अल जजिराले जनाएको छ । महाभियोग प्रयास असफल भएपछि पेन्टागनका प्रवक्ता सिन पार्नेलले यसलाई हेगसेथ, रक्षा मन्त्रालय र अमेरिकी सैनिकका लागि पूर्ण विजय भएको बताएका छन् ।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post