रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह
Read the full story at Ratopati
गण्डकी। जिल्ला समन्वय समिति, कास्कीले नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा नदिन आग्रह गरेको । शुक्रबार बसेको समितिको ५४औँ बैठकले ऐतिहासिक महत्वको उक्त जग्गा लिजमा नदिन नेपाल ट्रस्टलाई आग्रह गर्ने निर्णय गरेको जिसस प्रमुख लीलाधर पौडेलले बताए।
ट्रस्टले केही समयअघि रत्न मन्दिर, हिमागृह र बाराहीघाटलगायत ठाउँमा आफ्नो स्वामीत्वमा रहेको जग्गा व्यावसायिक प्रयोजनका लागि ३० वर्षलाई लिजमा दिने योजना सार्वजनिक गरेको थियो। जिसस प्रमुख पौडेलले जिल्लाभित्र रहेको सरकारी तथा सार्वजनिक जग्गासँगै ऐतिहासिक, प्राकृतिक, पुरातात्विक र सांस्कृति सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। उनले रत्न मन्दिर र हिमागृह जस्ता ऐतिहासिक महत्वका स्थललाई व्यावसायिक प्रयोजनमा लगाउन नहुने बताए।
बाराहीघाट, रत्न मन्दिर र हिमागृहको केही जग्गा फेवातालको मापदण्डभित्रसमेत पर्ने हुनाले लिजमा दिन नमिल्ने उनले बताए। बैठकले ऐतिहासिक महत्त्वका जग्गा र सम्पदास्थलको यथोचित संरक्षण र व्यवस्थापन गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। नेपाल ट्रस्टले पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट, रत्न मन्दिर र हिमागृह परिसरको जग्गामा व्यावसायिक कम्प्लेक्स, होटल, रेष्टुराँ, मनोरञ्जन केन्द्रलगायत व्यावसायिक संरचना निर्माणका लागि लिजमा दिने प्रस्ताव ल्याएको छ।
More society
- डीडीसी विराटनगरका प्रमुख शर्मा पक्राउNepal Khabar
- Children’s Day marked with distribution of cakes and greeting cards in Kanniyakumari and ThoothukudiThe Hindu
- Students receive cakes as Children’s Day giftThe Hindu
- C.S. Karnan, controversial former High Court judge, passes away in ChennaiThe Hindu
- B.Ed students stage street play in ShivamoggaThe Hindu
- Education, unity are key to uplift of oppressed communities: Sivaraj TangadagiThe Hindu