लोकसेवाको शाखा अधिकृतको परीक्षामा रामेछापकी ज्योति पहिलो, खुलातर्फ दैलेखबाट धेरै पास
Read the full story at Bizmandu
काठमाडौं। लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा रामेछापको गोकुलगंगा गाउँपालिकाकी ज्योति घिमिरेले पहिलो नम्बरमा नाम निकालेकी छन्। आयोगले लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षा सामूहिक परीक्षण र अन्तर्वार्ताका आधारमा सामान्य प्रशासन राजस्व र संसद सेवातर्फ १६९ जनाको सूची सार्वजनिक गरेकामा ज्योतिको नाम एक नम्बरमा निस्किएको हो। खुलातर्फ ९३ जनामा ज्योतिले पहिलो नम्मरमा नाम निकाल्दा रामेछापबाट अरु भने परेका छैनन्। लोकसेवाले लिने शाखा अधिकृतको परीक्षामा प्राय: गुल्मीबाट सबैभन्दा धेरै पास हुने गरेकामा यसपालि खुलातर्फ दैलेखले सबैलाई उछिनेको छ।
दैलेखका ७ जनाले खुलातर्फ नाम निकालेका छन्।गुल्मी र स्याङजाका ५/५, झापा, सुर्खेत र ओखलढुंगाका ४/४ तथा अर्घाखाँची र बागलुङका ३/३ जना छन्। बाँकी अरु जिल्लाका हुन्। यस्तै महिलातर्फ २४ जनाको सूचीमा गुल्मी र दाङका ३/३ तथा अर्घाखाँची र सोलुखुम्बुका २/२ जना परेका छन्। बाँकी अरु जिल्लाका हुन्। आदिवासी जनजातितर्फ २२ जनामा सबैभन्दा धेरै पाल्पा र पाँचथरका ३/३ तथा ताप्लेजुङ र रुकुम पूर्वका २/२ जना परेका छन्।
मधेशीतर्फ १६ जनाको सूचीमा सर्लाहीका ४ र रौतहटका ३ जना छन्। दलिततर्फ ७ जनामा सिन्धुली र सुर्खेतका २/२ तथा अपाङ्गता भएकातर्फ ४ जनामा जुम्ला, झापा, धनकुटा र जाजरकोटका एक एक जनाको नाम निस्किएको छ। पिछडिएको क्षेत्रतर्फका ३ मध्ये २ जना अछाम र एक जना जाजरकोटका हुन्।
More business
- ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्युNepal Khabar
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- Saudi Arabia restricts foreign workers in 97 tourism and administrative job titlesKathmandu Post
- लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम बन्दDC Nepal
- Stock markets end marginally lower in special Muhurat trading, snapping seven-day rallyThe Hindu
- इटहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्युThaha Khabar