उत्पादन थालेको सात वर्षमै बन्द हुँदै टेस्ला साइबरट्रक, बिक्री घटेपछि मस्कको ध्यान रोबोट्याक्सीतर्फ
Read the full story at Bizmandu
न्युयोर्क। विज्ञानकथाका फिल्ममा देखिने युद्धक ट्यांकजस्तो बनावट, चम्किलो स्टिलको बाहिरी आवरण र परम्परागत पिकअप ट्रकभन्दा बिल्कुलै फरक डिजाइनका कारण विश्वभर चर्चा कमाएको टेस्लाको साइबरट्रक अब बजारबाट बाहिरिने भएको छ। अमेरिकी विद्युतीय सवारी उत्पादक टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रकको उत्पादन बन्द गर्ने निर्णय गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत साइबरट्रकको उत्पादन सन् २०२७ को मध्यतिर क्रमशः बन्द गरिने जानकारी दिएका हुन्।
टेक्सासको अस्टिननजिकै रहेको कम्पनीको कारखानामा साइबरट्रक उत्पादन हुँदै आएको छ। यसको उत्पादन बन्द गरेर कम्पनीले स्वचालित ट्याक्सी (रोबोट्याक्सी) साइबरक्याबको उत्पादन बढाउने योजना बनाएको मस्कले बताएका छन्। टेस्लाको भविष्य स्वचालित सवारी प्रविधिमा केन्द्रित गर्ने मस्कको रणनीतिले साइबरट्रकको उत्पादन अन्त्य गर्ने निर्णयलाई पनि प्रभावित गरेको देखिन्छ। कुनै समय मस्कले साइबरट्रकलाई आफ्नो कम्पनीको सबैभन्दा उत्कृष्ट उत्पादन भन्दै यसको वार्षिक उत्पादन क्षमता २ लाख ५० हजार युनिट पुर्याउने लक्ष्य सार्वजनिक गरेका थिए।
तर बजारमा अपेक्षित माग सिर्जना हुन नसकेपछि कम्पनीले उत्पादन बन्द गर्ने निर्णय गरेको हो। केली ब्लु बुकको अनुमानअनुसार टेस्लाले सन् २०२५ मा २० हजार २३७ युनिट साइबरट्रक बिक्री गरेको थियो।
More tech
- U.S. FBI and regulators issue warning about cyber-attacks targeting industrial refrigeratorsThe Hindu
- OpenAI Raises $11 Billion At $1.25 Trillion ValuationNDTV
- Protesters storm site of Microsoft’s planned Amsterdam data centreAl Jazeera
- How North Korea turns child prodigies into crypto thievesSouth China Morning Post
- AI-generated cats showcasing rural life, Chinese cuisine land major brand sponsorshipsSouth China Morning Post
- डिजिटल धुनको भीडमा हराएको छैन मादलको ताल, तिहारसँगै बढ्यो बिक्रीBizmandu