Skip to main content
समाजOnlinekhabar (Nepali)

तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

Read the full story at Onlinekhabar (Nepali)

तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

धनकुटाको फूल स्थानीय बजारदेखि धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म पुग्छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्‍याउन किसानलाई धौधौ भइरहेको छ । २० कात्तिक, धनकुटा । धनकुटाका खेतबारीमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् ।

तिहार नजिकिएसँगै किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारोमा छन् । तिहार फूल, माला, दियो र देउसी–भैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि भाइटीकामा दाजुभाइको गलामा लगाइदिने मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन् । छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेल यतिबेला खेतबारीमा व्यस्त छन् ।

उनले सञ्चादन गर्दै आएको श्री पौडेल कृषि फर्मले १० रोपनी जमिनमा तीन महिनाअघि लगाएको सयपत्री फूल अहिले बिक्रीका तयार भएको छ । फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उनलाई भ्याइनभ्याइ छ । स्थानीय बजारदेखि धनकुटा, धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म उनले फूल पठाइरहेका छन् । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्‍याउनसमेत धौधौ भइरहेको छ । यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने पौडेलेको लक्ष्य छ ।