पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्
Read the full story at Onlinekhabar (Nepali)

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्यो । ’ आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले । उनी हरेक दिन आफ्नो क्षेत्रका कुकुरलाई खाना खुवाउँछन् र तिनीहरूको रेखदेख गर्छन् । तर, अहिले तिहारको बेला आफूले खाना दिने गरेका सबै कुकुर भेटिन छाडेको उनी बताउँछन् । उनी भन्छन्, ‘पटकाबाट बच्न जंगलतिर गए वा कतै भागेका होलान् ।
’ भगवती दानी क्षेत्रीले पनि पटकाका कारण धेरै सडक कुकुर विचलित भएको बताएकी छन् । उनी पनि लामो समयदेखि सडकका कुकुरलाई खाना खुवाउँदै आएकी छन्। अन्य फिडर (सडकका कुकुरलाई खाना खुवाउने व्यक्ति)हरूले पनि आफ्नो क्षेत्रमा कुकुर भेटिन छाडेको बताइरहेका छन् । खाना दिन जाँदा कुकुर नभेटिएपछि खाना जस्ताको तस्तै घर फर्काउनुपरेको उनीहरूको भनाइ छ। सडकका कुकुर यतिबेला पटाकाको आवाजबाट बच्न सुरक्षित ठाउँ खोज्दै अन्यत्र जाने गरेका छन् । किनभने, पटाकाको आवाज उनीहरूका लागि अत्यन्तै पीडादायी हुन्छ।
कुकुरको कान संवेदनशील हुने भएकाले चर्को आवाजले उनीहरूलाई निकै असर गर्छ । अत्यधिक चर्को आवाजले कानमा चोटसमेत पुर्याउन सक्छ। यही कारण तिहारमा पटका पड्काउन थालेपछि घरमा पालेका कुकुरसमेत लुक्ने ठाउँ खोज्दै खाट वा भ¥याङमुनि लुक्ने गर्छन् । कतिपय डरले भागेर अन्यत्रै पुग्छन् ।
More politics
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- Explained: Why is Sheikh Hasina’s plan to return to Bangladesh contentious?Kathmandu Post
- Seven held for setting off firecrackers in Rupandehi, one injuredKathmandu Post
- Madhesh prepares for Chhath as families return homeKathmandu Post
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar