गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६, न्यू शक्ति नुनको २० र भानु नुनको नौ रुपैयाँ तोकेको छ ।
तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ । मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य २०० पर्छ । तल्लो क्षेत्रमा ३० मा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्याउन ढुवानीमै १०० खर्च हुने स्थानीय निमा दोर्जेले बताए ।
‘पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० पर्छ । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य रु २०० पुग्छ’, उनले भने । सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो रु ८० पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य १५० पर्ने गरेको छ ।
More politics
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Passengers to get live view of baggage handling at Kathmandu airportKathmandu Post