बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले किसानले उत्पादन गरेका विभिन्न जातका धान उचित मूल्यमा खरिद गरिरहेको छ ।
सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले स्थानीय किसानलाई उत्पादनको उचित मूल्य दिलाउनुका साथै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद अभियान सञ्चालन गरिएको बताए। ‘स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएर खरिद सुरु गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘किसानका मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ । ’ सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपियाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपियाँ र हाइब्रिड धान दुई हजार ७५० रुपियाँका दरले खरिद गरिरहेको छ ।
गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई बजारीकरणमा सहज हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रबन्धक वलीले बताए । सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य आबद्ध छन् ।
More politics
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- छठ पूजाका लागि निकितासँगै गंगासागरमा उभिँदै रविNepal Khabar
- नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिलेNepal Khabar