Skip to main content
विश्वThaha Khabar

रास्वपा सभापति रवि लामिछानेलाई भारतीय विदेश सचिव मिस्रीले भेटे

Read the full story at Thaha Khabar

रास्वपा सभापति रवि लामिछानेलाई भारतीय विदेश सचिव मिस्रीले भेटे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव मिस्रीले सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको भारतको औपचारिक भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए।