मिठो खानेकुरा दिएर बिहान कुकुर तिहार मनाइँदै, साँझ लक्ष्मीपूजा, घरघरमा दिपावली
Read the full story at Bizmandu
काठमाडौं । आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मिठो खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविदहरु बताउँछन्।
आज नरक चतुर्दशी पनि हो। आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ। आज साँझ लक्ष्मीपूजा पनि गरिँदै। तिथि घटबढका कारण आजै लक्ष्मीपूजा मनाउन लागिएको हो।
केही समुदायले भने आफ्नो कूल चलन अनुसार लगातार तेस्रो दिन अर्थात भोलि लक्ष्मीपूजा गर्दैछन्। The post मिठो खानेकुरा दिएर बिहान कुकुर तिहार मनाइँदै, साँझ लक्ष्मीपूजा, घरघरमा दिपावली appeared first on BIZMANDU .
More society
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- गोदरेजका इलेक्ट्रोनिक्समा चाडपर्व अफर, फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको पूर्ण वारेन्टीNepal Khabar
- आज कुकुर तिहारसँगै लक्ष्मीपूजा गरिँदैNepal Khabar
- आज कुकुर तिहार पर्व मनाइँदैNepal Khabar
- सैनिक कल्याणकारी कोषः ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधाDC Nepal