Skip to main content
विश्वRatopati

डार्थ भेडरको ऐतिहासिक लाइटसेबरले तोड्यो ‘स्टार वार्स’ का सामग्री लिलामीको विश्व कीर्तिमान

Read the full story at Ratopati

डार्थ भेडरको ऐतिहासिक लाइटसेबरले तोड्यो ‘स्टार वार्स’ का सामग्री लिलामीको विश्व कीर्तिमान

डालास । चर्चित चलचित्र शृङ्खला ‘स्टार वार्स’ का खलनायक डार्थ भेडरले चलाएको ‘ लाइटसेबर ’ बिहीबार अमेरिकाको डालासस्थित एक लिलामी घरमा ४८ लाख ७० हजार अमेरिकी डलरभन्दा बढी मूल्यमा बिक्री भएको छ । हेरिटेज अक्सन्सले उक्त पात्रको ‘प्रमुख द्वन्द्व लाइटसेबर’ भनी वर्णन गरेको यो सामग्री ‘स्टार वार्स’ को इतिहासमै लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो सम्झनाको वस्तु बनेको छ ।

यो सामग्री अभिनेता डेभिड प्राउस र उनका स्टन्ट डबल तथा ओलम्पिक फेन्सर बब एन्डरसनले विभिन्न द्वन्द्वका दृश्यहरूमा प्रयोग गरेका थिए । सन् १९८० को चलचित्र ‘द एम्पायर स्ट्राइक्स ब्याक’ मा ल्युक स्काइवाकरसँग क्लाउड सिटीमा भएको प्रसिद्ध द्वन्द्वमा यो हतियार सबैभन्दा बढी चर्चामा आएको थियो । उक्त दृश्यमा डार्थ भेडरले आफ्नो छोराको हात काटिदिएपछि आफू बुबा भएको स्तब्धपूर्ण रहस्य खोल्छन् ।

त्यसको तीन वर्षपछि सन् १९८३ को ‘रिटर्न अफ द जेडाई’ मा सम्राट् पाल्पाटिनको सिंहासन कक्षमा बाबु–छोराबीच भएको भिडन्तमा पनि यही लाइटसेबर प्रयोग गरिएको थियो । सन् १९७७ को पहिलो चलचित्र ‘अ न्यु होप’ मा पनि यो प्रयोग भएको थियो वा थिएन भन्ने पुष्टि गर्न नसकिएको तर प्रयोग भएको ‘सम्भावना’ रहेको लिलामी घरको सूचीमा उल्लेख छ । ४८ लाख ७० हजार डलरको यो मूल्यले ‘स्टार वार्स’ का सामग्री लिलामीको पुरानो कीर्तिमान तोडेको छ ।