८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता
Read the full story at Nagarik News

बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्। ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’ (The End of Everything) का लागि ५० हजार पाउन्ड राशिको पुरस्कार जितेका हुन्। सोमबार लन्डनमा आयोजित विशेष समारोहमा उनलाई पुरस्कार प्रदान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ।
विज्ञान कथा तथा काल्पनिक विधामा लेखन गर्दै आएका ह्यारिसनको पुरस्कृत उपन्यास विनाशपछिको संसारमा आधारित छ। रहस्यमय जीवहरूको आक्रमणपछि सामाजिक संरचना ध्वस्त भएको भविष्यको बेलायतको तटीय क्षेत्रको कथा उपन्यासमा समेटिएको छ। पुरस्कार ग्रहण गर्दै उनले बुकर पुरस्कार जित्ने अपेक्षा आफूले नगरेको प्रतिक्रिया दिएका थिए। ‘तपाईंहरू जीवन परिवर्तन भएको कुरा सहजै भन्नुहुन्छ, तर वास्तवमै यस्तो हुँदा अनौठो लाग्दो रहेछ।
अन्ततः आफूलाई एक वास्तविक लेखक महसुस गरिरहेको छु, यद्यपि ममा अझै आत्मविश्वासको कमी छ,’ उनले भने। यस वर्षको निर्णायक समितिको नेतृत्व इतिहासकार मेरी बियर्डले गरेकी थिइन्। समितिमा लेखक रेमन्ड एन्ट्रोबस, प्याट्रिसिया लकवुड, समालोचक रेबेका लिउ तथा संगीतकार जार्भिस ककर सदस्य थिए।
More business
- राशिफल २४ कात्तिक : कर्कटको अनावश्यक ठाउँमा लगानी, कन्याको सेवाभाव बढ्ने, तपाईँको के?Nepal Khabar
- काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धिOnlinekhabar (Nepali)
- हनी ट्र्याप प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धानSetopati
- १५ दिनमै मकैको मूल्य किलोमा १५ रुपैयाँ बढ्यो, दानाको लागत १५ प्रतिशत उकालोBizmandu
- अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्यमा वृद्धि, हङकङ डलरको भाउ स्थिरBizmandu
- Stock Market Holiday Today: NSE, BSE Shut, When Will Trading Resume?NDTV