आन्टी एन्सले नेपालमा पहिलो आउटलेट खोल्दै
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, काठमाडौं । अमेरिकी प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। ब्रान्डले आगामी नोभेम्बर २१ ९मंसिर ६० मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा पहिलो आउटलेटको उद्घाटन गर्न लागेको हो। सन् १९८८ मा अमेरिकामा स्थापना भएको आन्टी एन्स ताजा बेक गरिएका तथा हातैले आकार दिइएका सफ्ट प्रेट्जेलका लागि विश्वभर परिचित ब्रान्ड हो।
अमेरिकी खाद्य संस्कृतिमा स्थापित यस ब्रान्डको नेपाल प्रवेशसँगै नेपाली उपभोक्ताले पनि यसको विशेष स्वाद अनुभव गर्न पाउनेछन्। जेजीआई डिस्ट्रिब्युसन प्राइभेट लिमिटेड र गो टुफुड्स इन्टरनेसनलबीचको साझेदारीमार्फत आन्टी एन्स नेपाल भित्रिन लागेको हो। यसअघि नेपालमा सिनाबोन र कार्भेल ब्रान्ड सञ्चालन गरिरहेको गो टुफुड्सले आन्टी एन्सको आगमनसँगै आफ्नो अन्तर्राष्ट्रिय खाद्य ब्रान्डको पोर्टफोलियो थप विस्तार गर्ने भएको छ। नेपालमा पहिलो आउटलेट सञ्चालनमा ल्याएसँगै निकट भविष्यमा थप आउटलेट विस्तार गर्ने योजना पनि कम्पनीले बनाएको छ।
यसले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरका खाद्य तथा पेय पदार्थ ब्रान्डको उपस्थिति थप बढाउने अपेक्षा गरिएको छ। जेजीआई डिस्ट्रिब्युसनका प्रबन्ध निर्देशक राजबहादुर शाहले आन्टी एन्सलाई नेपाल भित्र्याउनु कम्पनीका लागि उत्साहजनक उपलब्धि भएको बताएका छन्।
More politics
- And then there were four: Lumbini lead NPL playoff packKathmandu Post
- Balendra Shah administration goes fast with ordinances: 13 issued, 2 forwarded in 8 monthsKathmandu Post
- Jayanti Memorial Trust marks 25 years of expanding access to heart careKathmandu Post
- How Ishuta Shrestha found her calling in the fierce imagery of PaubhaKathmandu Post
- US air travel disruptions to persist until late on Sunday, FAA head saysKathmandu Post
- Bahrain issues first threat alerts since September as Iran says it attacked US baseKathmandu Post