Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

Read the full story at Onlinekhabar (Nepali)

रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् । ६ कात्तिक, काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसम्म पुग्ने साँघुरो पुलमा भाइटीका लगाउन जानेहरूको चहलपहल छ ।

कोही मन्दिरतर्फ अघि बढिरहेका छन् त कोही टीका लगाएर फर्किँदै छन् । दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् । मन्दिर परिसरमा बसेर दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने र माला पहिर्‍याइदिने दृश्य देखिन्छ ।

टीका लगाउन आएका दाजुभाइ र उनीहरूलाई टीका लगाइदिने दिदीबहिनीको उपस्थितिले मन्दिर परिसरमा भाइटीकाको रौनक थपिएको छ ।