ऋणमोचनको ऐतिहासिकता जोडिएको नेपाल संवतको नयाँ वर्ष उत्साहपूर्वक मनाइँदै (फोटो फीचर)
Read the full story at Bizmandu
काठमाडौं। ऋणमोचनको ऐतिहासिक पर्व मानिने नेपाल संवतको नयाँ वर्ष ११४७ देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्कै अवसरमा मंगलबारै घरघरमा म्हः पूजा पनि गरिँदैछ। काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन्। काठमाडौंको वसन्तपुरबाट विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित र्याली निकालेर नेपाल संवत् मनाइएको छ।
र्यालीमा नेवार समुदायका विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागिता छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पूर्वपर्यटनमन्त्री हिसिला यमी लगायत र्यालीमा सहभागी भएका छन्। नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् हो। यसको सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वासँग जोडिएको छ। इतिहासअनुसार उनले सर्वसाधारण जनतालाई ऋणबाट मुक्त गराएर नयाँ संवत् चलाएका थिए।
यही घटनाको सम्झनामा प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत्को नयाँ वर्ष मनाइन्छ। नेपाल संवत्को सुरुआत विक्रम संवत् ९३७ अर्थात् इस्वी संवत् ८८० मा भएको मानिन्छ। प्रचलित किंवदन्तीअनुसार तत्कालीन भक्तपुरका राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले काठमाडौँमा बालुवाका रूपमा रहेको धनलाई सुनमा परिणत गरी जनताको ऋण तिरिदिएका थिए।
More business
- राशिफल २४ कात्तिक : कर्कटको अनावश्यक ठाउँमा लगानी, कन्याको सेवाभाव बढ्ने, तपाईँको के?Nepal Khabar
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- In Opposing NCP Merger, Rohit Pawar's Bid For Life Beyond Family LegacyNDTV
- How Nvidia's Dependence On Jensen Huang Could Become Big Risk For InvestorsNDTV
- China Spy Row Erases $1.6 Trillion From Nvidia's Value, About One-Third Of India's GDPNDTV
- California billionaire tax measure defeated in contentious voteSouth China Morning Post