साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरे ।
पूर्वसहसचिवसमेत रहनुभएकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासङ्ग्रह र ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रासङ्ग्रह, नेपाल भाषाका ‘रङ्गीचङ्गी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ तथा अङ्ग्रेजी भाषाको ‘मदर हु नेम्ड मी सत्य’ पुस्तक विमोचन गरिएको हो । पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले नेपाली साहित्यको विकासमा श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताए । उनले राष्ट्रसेवक कर्मचारीले अवकाशपछि पनि साहित्य सिर्जनामार्फत समाज र साहित्य क्षेत्रमा योगदान पुर्याउनु सकारात्मक भएको उल्लेख गरे ।
कार्यक्रममा पूर्वमुख्यसचिव डा कोइरालाले श्रेष्ठ निरन्तर सिर्जनामा सक्रिय साहित्यकार भएको उल्लेख गर्दै उहाँका कृतिमा विविध विधा र अनुभव समेटिएको बताए । ‘सपनाको उडान’ कथासङ्ग्रहमा कथासँगै निबन्धात्मक अनुभूति पनि समेटिएको उनको भनाइ थियो । वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले श्रेष्ठका पाँचवटै कृतिमा सरलता र इमानदारिता झल्किएको बताए ।
More society
- गोदरेजका इलेक्ट्रोनिक्समा चाडपर्व अफर, फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको पूर्ण वारेन्टीNepal Khabar
- Music and yoga strike a healing chord behind prison walls in Keralam’s Viyyur Central PrisonThe Hindu
- Gunman Opens Fire in Krakow, Killing at Least 5, Polish Police SayThe New York Times
- Kraków shooting latest updates: five killed and more than a dozen injured, police sayThe Guardian
- Poland: At least 5 killed in shooting in Krakow, police sayDW
- अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुराOnlinekhabar (Nepali)