भीमफेदी दुर्घटनापछि आङ्देम्बेकाे प्रश्न- सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ?
Read the full story at Ratopati

काठमाडौँ । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्नुपर्ने बताएका छन्। मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु भएपछि उनले सवारीसाधनको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरी निगरानी प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण पनि गराएका हुन्।
छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रुहरू सवार ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै आङ्देम्बेले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले सवारीको अवस्था, यात्रु क्षमताको पालना तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण अद्यावधिक नभएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
'नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन?', आङ्देम्बेले प्रश्न गरेका छन्।
More politics
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामदNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar