Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

Read the full story at Onlinekhabar (Nepali)

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

२६ कात्तिक, सिरहा । सिरहा र सप्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने बलान खोलाबाट प्रहरीले २३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर पुरेर राखेको अवस्थामा प्रहरीले सात बोरा गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक(एसपी) बासुदेव पाठकका अनुसार बुधबार राति करिब १ बजे बलान खोलाको बीचमा गाँजा लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा पुगेर जाँच गर्ने क्रममा खाल्डोमा लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको बताए । त्यसपछि प्रहरी चौकी बेल्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी बेल्ही, सप्तरीसँग समेत समन्वय गरी खानतलासी गर्दा प्लास्टिकका बोरा बाहेक २३१ किलो गाँजा बरामद भएको एसपी पाठकले जनाएको छ।

एसपी पाठकका अनुसार गाँजा बरामद भएको स्थानमा कुनै व्यक्ति फेला परेका छैनन्। गाँजा कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।