Skip to main content
समाजOnlinekhabar (Nepali)

जातीय विभेदले पढाइ रोक्यो, गरिबीले खोस्दैछ छात्रवृत्ति

Read the full story at Onlinekhabar (Nepali)

जातीय विभेदले पढाइ रोक्यो, गरिबीले खोस्दैछ छात्रवृत्ति

सिरहाका श्रवण मरिक डोमले कृषि जेटीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए पनि बस्ने कोठा, खाना र शैक्षिक सामग्रीको व्यवस्था गर्न सकेका छैनन्। बाल्यकालमै जातीय विभेदका कारण विद्यालय छाड्न बाध्य भएका उनी अहिले फेरि गरिबी र आवासको अभावसँग जुधिरहेका छन्। छात्रवृत्तिमा नाम निकाल्नु एउटा विद्यार्थीका लागि जीवनभरका सबै सपना पूरा हुनु होइन। तर, समाजमा अभावले कष्टकर जीवन भोग्न बाध्य र अक्षरज्ञानबाट समेत टाढा पारिएको समुदायका लागि यो अवसर ठूलो वरदान हो।

त्यही अवसर सामान्य खानपान, बसोबास र कापीकलमको जोहो गर्न नसकेर गुम्ने अवस्था आयो भने कस्तो पीडा होला! सिरहाका श्रवण मरिक डोम अहिले यस्तै परिस्थितिबाट गुज्रिरहेका छन्। उनी छात्रवृत्तिमा नाम निकाल्न सफल भए, तर त्यही खुसीसँगै अर्को ठूलो सङ्कट थपिएको छ। चारवर्षे डिप्लोमा इन एग्रिकल्चर (कृषि जेटीए) अध्ययनका लागि उनले चितवनस्थित कलेजमा पुगेर फाराम भरे र परीक्षा दिए।

छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि उनलाई महोत्तरीको बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनका लागि सिफारिस गरियो। केही महिनादेखि उनले त्यहाँ पढ्ने अवसर त पाएका छन्, तर बस्ने कोठा, खाने खर्च र कापीकिताबको व्यवस्था गर्न नसक्दा उनको पढाइ नै अन्योलमा परेको छ। किनभने, यतिबेला श्रवणका लागि शिक्षा निःशुल्क छ, तर आधारभूत जीवनयापन सशुल्क ।