छठ पर्वको आध्यात्मिक आधार वैदिक परम्परासँग जोडिएको छ : सभापति थापा
Read the full story at Nagarik News

नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको बताएका छन्। छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा छठ पर्व मनाइने बताएका हुन्।
उनले ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको उल्लेख गर्दै वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुने बताएका छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनको भनाइ छ।
थापाले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।
More society
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहलNepal Khabar
- आज छठ पर्वको मुख्य दिन, यसो भन्छ सूर्य पुराणNepal Khabar
- सूर्य उपासना र कृतज्ञताको प्रतीक हो छठ पर्व : गगन थापाDC Nepal
- Over Rs. 200,000 raised through Deusi for school's advancementThe Rising Nepal
- अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्वDC Nepal