Skip to main content
खेलकुदSetopati

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

Read the full story at Setopati

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्यो। बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए। नेपालले सिरिजको पहिलो खेलमै थाइल्यान्डलाई सात विकेटले हराउँदै सुखद सुरूआत गरेको थियो।

त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो। तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जित निकालेको थियो। पाँचौं खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो।

उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो। त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन।