धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, धनकुटा । तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर झिलिमिली बत्तीले सिंगारिएपछि धनकुटाको रात्रिकालीन दृश्य नै फेरिएको छ । रंगीबिरंगी बत्तीको उज्यालोले मन्दिर परिसर र सडक क्षेत्र झकिझकाउ बनेसँगै साँझपख घुमफिर गर्ने, फोटो खिच्ने र टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । परिचयमोडदेखि मन्दिर परिसर हुँदै ५२ ढोका भएको घरसम्मको सडक झिलिमिली बत्तीले सिंगारिएको हो ।
तिहारको रमझमसँगै उज्यालो बनेको यस क्षेत्रमा साँझ पर्नासाथ सर्वसाधारणको भिड लाग्न थालेको छ । मन्दिर परिसर आसपास परिचयमोड हुँदै ५२ ढोकासम्म जडान गरिएका बत्तीले सडक र आसपासको क्षेत्रलाई आकर्षक बनाएका छन् । बत्तीको उज्यालोमा रमाउन, तस्वीर खिच्न र भिडियो बनाउन युवायुवतीको विशेष आकर्षण देखिएको छ । साँझपख बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म परिवारसहित घुमफिर गर्न आउने गरेका छन् ।
तिहारलाई लक्षित गर्दै स्थानीय युवाहरूको सक्रियतामा दाताहरुबाट आवश्यक रकम संकलन गरी मन्दिर परिसर र सडक क्षेत्रमा आकर्षक झिलिमिली बत्ती जडान गरिएको हो । चाडपर्वका बेला धनकुटा बजारलाई थप आकर्षक बनाउने र स्थानीय बासिन्दालाई साँझपख रमाइलो गर्ने वातावरण तयार गर्ने उद्देश्यले युवाहरुले पहल गरेका हुन् । बत्ती जडान तथा व्यवस्थापनका लागि नेपाली सेना र ट्राफिक प्रहरीले समेत सहयोग गरेका छन् ।
More society
- गोदरेजका इलेक्ट्रोनिक्समा चाडपर्व अफर, फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको पूर्ण वारेन्टीNepal Khabar
- Music and yoga strike a healing chord behind prison walls in Keralam’s Viyyur Central PrisonThe Hindu
- Gunman Opens Fire in Krakow, Killing at Least 5, Polish Police SayThe New York Times
- Kraków shooting latest updates: five killed and more than a dozen injured, police sayThe Guardian
- Poland: At least 5 killed in shooting in Krakow, police sayDW
- अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुराOnlinekhabar (Nepali)