‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति
Read the full story at Nagarik News

भारतीय सुपरस्टार सलमान खान र नेपाली अभिनेता अनूप विक्रम शाही अभिनीत बहुप्रतीक्षित युद्धप्रधान फिल्म ‘मातृभूमिः मे वार रेस्ट इन पिस’ अन्ततः आगामी डिसेम्बर ४ मा सिनेमाघरमा प्रदर्शन हुने भएको छ। पटक–पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको नयाँ मिति सलमानले शुक्रबार मुम्बईमा आयोजित प्रचारात्मक कार्यक्रममा घोषणा गरेका हुन्। यसअघि ‘ब्याटल अफ गलवान’ नामबाट घोषणा गरिएको फिल्मको नाम यसै वर्ष परिवर्तन गरी ‘मातृभूमिः मे वार रेस्ट इन पिस’ राखिएको थियो।
भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, फिल्मको पटक–पटकको ढिलाइलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सलमानले यसको प्रमुख कारण भिजुअल इफेक्ट्स (भीएफएक्स)लाई उत्कृष्ट बनाउने प्रयास र छायांकनका क्रममा आएको अवरोध भएको स्पष्ट पारेका छन्। सलमानका अनुसार अहिले भीएफएक्सका विशेषज्ञहरूले फिल्मका हरेक दृश्यलाई अत्यन्त सूक्ष्म रूपमा परीक्षण गर्ने भएकाले निर्माण टोलीले गुणस्तरमा कुनै सम्झौता गर्न चाहेन। उनले भने, ‘आजभोलि भीएफएक्सका धेरै विशेषज्ञ छन्, जसले फिल्मका हरेक दृश्यलाई ध्यानपूर्वक हेर्छन्।
त्यसैले हामी फिल्मको कुनै दृश्यलाई जुम गरेर त्यसको भीएफएक्सको आलोचना गर्ने मौका कसैलाई दिन चाहँदैनौँ। हामी दृश्यले सबैलाई चकित पारून् भन्ने चाहन्छौँ।
More world
- ‘Clock is ticking’: European TV channels targeted in wave of hoax bomb threatsSouth China Morning Post
- Collector inspects preparation of Aavin sweets for DeepavaliThe Hindu
- Departmental probe ordered against suspended Keralam ADGP M.R. Ajith KumarThe Hindu
- Fact check: Three viral Iran war posts debunkedDW
- HC dismisses plea for two-day weekly off for all public, private sector workersThe Hindu
- Matsyagandha Express to be downgraded from superfast to express from January 6The Hindu