नेप्से र सीडीएससीसहित यी संस्थाले गर्नुपर्नेछ सिस्टम अडिट, साइबर सुरक्षा बढाउन २४ घण्टै निगरानी
Read the full story at Bizmandu
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचना प्रविधिको प्रयोगमा न्यूनतम सूचना प्रविधि मानक (आइटी स्ट्न्डर्डस्) तोक्ने भएको छ। सेबोनले सूचना प्रविधि नीति, २०८३ मार्फत बजार, व्यवसायी, संस्था तथा कोषहरुले प्रयोग गरिरहेका सूचना प्रविधिको प्रयोगलाई स्तरीकृत गर्न हुनुपर्ने न्यूनतम सूचना प्रविधि मानक (आइटी स्ट्न्डर्डस्) तोकेर लागू गर्ने बताएको हो। सूचना प्रविधि नीति मंगलबार संचालक समितिबाट पारित गरेर सेबोनले लागू गरेको छ।
सेबोनले आफ्ना सम्पूर्ण सेवा तथा प्रक्रियाहरुलाई समयबद्ध र सूचना प्रविधिमा आधारित प्रणाली रुपान्तरण गर्ने बताएको छ। सेबोनले सूचना प्रविधिमैत्री बजार बनाउन आवश्यक सहजीकरण गर्ने, बजार पूर्वाधार संस्थाहरू र बजार सहभागीलाई बोर्डले तोकेको सूचना प्रविधि सम्बन्धी न्यूनतम आधार मानक (बेसलाइन स्ट्न्डर्डस्) तय गरी परिपालना गराउने बताएको छ। नीति अनुसार नेप्से र सीडीएससीको प्रणालीको संपरीक्षण (सिस्टम अडिट) गराउनुपर्ने व्यवस्था गरिने भएको छ। ती संस्थाले वार्षिक र अन्य बजार सहभागीहरूले द्विवार्षिक सूचना प्रविधि अडिट गराउनुपर्नेछ।
अडिटमा कम्तिमा कारोबार प्रणाली, राफसाफ साइबर सुरक्षा नियन्त्रण, बीपीसी/डीआरपी र डाटा व्यवस्थापन समावेश हुनुपर्नेछ। अडिट प्रतिवेदन तीन महिनाभित्र बोर्डमा पेस गर्नुपर्नेछ। संवेदनशील निष्कर्षहरु पाइएमा ३० दिनभित्र सुधार गर्नुपर्नेछ।
More tech
- As Canva restructures, how is AI reshaping creative businesses? | ExplainedThe Hindu
- Jaishankar highlights importance of digital public infrastructure at Commonwealth meet in Antigua and BarbudaThe Hindu
- इनमको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले राखेको जानकारी छैन : प्रवक्ता पोखरेलNagarik News
- Tencent unveils Hy4 as open-weight AI race with DeepSeek, Z.ai, Alibaba heats upSouth China Morning Post
- Democratic-led US Congress to turn up heat on Beijing over AI, Taiwan: analystSouth China Morning Post
- Baidu’s new AI simulator gives robotaxis a crash course in rare road hazardsSouth China Morning Post