विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, काठमाडौं । प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे। रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई समाधान गर्न गरिएका परिवर्तनहरूले अपेक्षाअनुसार काम गरिरहेका छैनन् भनी बताएको छ। कम्पनी समस्या समाधान गर्न अन्य विकल्पहरूको खोजी गरिरहेको छ।
यसको उद्देश्य सकेसम्म धेरै प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्मसम्म पहुँच दिनु हो, ताकि प्रणालीमा आवश्यकताभन्दा बढी दबाब नपरोस्। यसअघि कम्पनीले पुनः सुरु गरिएका सेवाहरूमा ट्राफिक बढ्दा तिनले फेरि काम गर्न बन्द गर्न सक्ने चेतावनी दिएको थियो । माइक्रोसफ्टका अनुसार, विश्वका धेरै क्षेत्रहरूमा यो समस्या देखिएको छ। कम्पनीले पहिले एक्समा एक बयानमा भनेको थियो, ‘यस समस्याले कुनै पनि क्षेत्रका प्रयोगकर्ताहरूका लागि माइक्रोसफ्ट ३६५ सेवासँग कनेक्ट हुन समस्या पैदा गर्न सक्छ।
’ कम्पनीले थप भनेको छ, ‘कैयौँ सर्भरहरू अचानक अफलाइन भएका छन्, जसले गर्दा बाँकी पूर्वाधारमा आवश्यकताभन्दा बढी दबाब परिरहेको छ। हामी तिनलाई सुरक्षित तरिकाले पुनः सुरु गर्न काम गरिरहेका छौँ। ’ माइक्रोसफ्टका एक प्रवक्ताले रोयटर्सलाई बताएअनुसार यो समस्या मुख्यतया ‘एक्सचेन्ज अनलाइन’ मा छ। यो माइक्रोसफ्ट ३६५ को मेलबक्स व्यवस्थापन गर्ने सेवा हो।
More world
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- Storm Charles causes floods and flight cancellations across southern EuropeThe Guardian
- IIT Roorkee student allegedly dies by suicide on campus; probe under wayThe Hindu
- Dead body of murder-accused ASI found in Bihar’s MadhubaniThe Hindu
- CCPA fines Ola ₹10 lakh over pre-ride tipping feature, orders discontinuationThe Hindu