Skip to main content
विश्वRatopati

युद्धको औजार बनाइएको बलात्कार र पश्चिमा नारीवादको मौनता

Read the full story at Ratopati

युद्धको औजार बनाइएको बलात्कार र पश्चिमा नारीवादको मौनता

भर्खरै मेरो नजर एउटा ट्वीटमा पर्‍यो, जसमा लेखिएको थियो: ‘बलात्कारलाई नियमित रूपमा युद्धको हतियारका रूपमा प्रयोग गरिन्छ भन्ने कुरा नबिर्सौँ, किनभने यो मानिसमाथि हुन सक्ने सबैभन्दा बढी मनोबल गिराउने, भयानक र जीवनभर मेटाउन नसकिने गहिरो आघात पुर्‍याउने अपराधहरूमध्ये एक हो। ’ कर्नेल विश्वविद्यालयमा घटेको एउटा बीभत्स यौन दुर्व्यवहारको घटनाको सन्दर्भमा यो विचार सार्वजनिक भएको थियो, जसले मलाई निकै गहिरोसँग छोयो। विगत केही वर्षयता म इजरायली सैनिक र अवैध बस्ती बसाउनेहरूबाट हरेक प्रकारका दमन भोगिरहेका प्यालेस्टिनीहरूको पीडा पढ्न र त्यसबारे विमर्श गर्नमा तल्लीन छु।

महिलाहरूलाई दबाउन पितृसत्ताले प्रयोग गर्ने बलात्कारजस्ता हतियारहरू हाम्रो समाजको हरेक अङ्गमा दुर्भाग्यवश विद्यमान छन् भन्ने तथ्य मबाट लुकेको छैन- त्यही समाज, जसले प्यालेस्टाइनमा भइरहेको नरसंहारका पक्षमा मौन सहमति जुटाएको छ। विश्वविद्यालयका हातादेखि प्यालेस्टाइनसम्मै मानिसको आत्मसम्मान र मानवीय अस्तित्वलाई नामेट पार्न जानाजानी यौन तथा लैङ्गिक हिंसालाई माध्यम बनाइएको हामी देखिरहेका छौँ। दुवै अवस्थामा पीडितहरूलाई बाहिरी संसारले यसरी अमानवीयकरण गरेको छ, जहाँ उनीहरूलाई पराइ मात्र ठानिन्छ।

अनि दुवै अवस्थामा पीडक र अपराधीहरू आफ्नो हात सफा देखाउँदै कुनै सजायबिना अपराधस्थलबाट सजिलै उम्कन सफल हुन्छन्।