युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति
Read the full story at Nagarik News

रूस र युक्रेन ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा भएको दुईदिने वार्तापछि दुवै देशका प्रतिनिधिले यस्तो सहमति भएको बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले बुधबार वार्ता सकिएपछि बन्दीहरूको अहिलेसम्मकै ठूलो मानवीय रिहाइ गर्ने सहमति भएको बताए। यद्यपि, आदानप्रदान गरिने बन्दीको संख्या बिहीबार मात्र टुंगो लाग्ने उनले बताएका छन्।
रूसको प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्की र युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरेका रूस्तेम उमरोभले पनि बन्दी आदानप्रदानको योजनालाई पुष्टि गरेका छन्। करिब नौ महिनापछि दुवै देशका प्रतिनिधिबिच भएको यो पहिलो बैठकमा ठूलो उपलब्धि हासिल हुने अपेक्षा भने कम थियो। रूस र युक्रेनले झन्डै पाँच वर्षदेखि जारी युद्धका क्रममा यसअघि पनि पटक-पटक युद्धबन्दी आदानप्रदान गर्दै आएका छन्। यसपटकको वार्तालाई अमेरिकाले आफ्नो शान्ति प्रयास अघि बढाउने अवसरका रूपमा लिएको छ।
यसअघि वासिङ्टनको मध्यस्थतामा भएका प्रयासले युद्ध अन्त्यका लागि उल्लेखनीय परिणाम दिन सकेका थिएनन्। कुशनरका अनुसार उनी र अमेरिकी विशेष दूत स्टिभ विटकफ बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न मस्को जानेछन्। त्यसपछि उनीहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्न डब्लिन जाने कार्यक्रम छ।
More environment
- आफ्नै घरमा आएर बसेको वन मौरीले टोक्दा मृत्युNepal Khabar
- Chennai Corporation to monitor air quality in city; installs sensors at 93 placesThe Hindu
- AI datacentres plan on-site power stations on huge scale despite climate risks, research revealsThe Guardian
- Nepal’s push for Himalayan climate agenda falls short at COP31Kathmandu Post
- Angry Nemo: Clownfish becoming more agressive because of climate changeFrance 24
- ‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’Nagarik News