‘आवारा पागल दीवाना २’ बन्ने पक्का, सुनील शेट्टीले गरे खुलासा
Read the full story at Onlinekhabar (Nepali)

सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘आवारा पागल दीवाना’ को दोस्रो भाग बन्ने भएको छ । फिल्मको सिक्वेलको प्रतीक्षामा रहेका दर्शकका लागि अभिनेता सुनील शेट्टीले खुसीको खबर दिएका छन् । फिल्मको काम अघि बढिरहेको र छायांकन पनि चाँडै सुरु हुने जानकारी उनले दिएका छन् । सुनील शेट्टीले हालै ‘बलिउड हंगामा’ सँगको कुराकानीमा फिल्मको दोस्रो भागबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘फिल्मको सिक्वेल बन्न लागेको छ ।
यसबारे काम भइरहेको छ । ’ कुराकानीका क्रममा उनलाई फिल्मको छायांकन आगामी वर्ष सुरु हुन सक्छ कि भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले त्यसो हुन सक्ने जवाफ दिएका छन् । यसै कुराकानीमा सुनीलले सन् २०२६ मा आफूले गरेका कामबारे पनि चर्चा गरेका छन् । उनले फिल्म ‘बोर्डर २’ मा पनि काम गरेको बताए ।
उक्त फिल्ममा आफू एउटा दृश्यमा मात्र देखिए पनि त्यसलाई सफलताका रूपमा लिएको उनको भनाइ छ । ‘म त्यसमा एउटा दृश्यमा मात्र थिएँ’ उनले भने, ‘तर, यसलाई म सफलता मान्छु । किनकि अन्ततः यो हाम्रो फ्रेन्चाइज बनेको छ । अहिले काम अघि बढिरहेको तरिकाबाट म निकै खुसी छु । ’ सन् २००२ मा प्रदर्शनमा आएको ‘आवारा पागल दीवाना’ को निर्माण फिरोज नाडियाडवालाले गरेका थिए ।
More politics
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- President appoints four new Supreme Court justicesKathmandu Post