हार्दिक पान्ड्या पञ्जाब किङ्समा, अर्शदीप मुम्बई पुगे
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच ठूलो खेलाडी ट्रेड सम्पन्न भएको छ। मुम्बईका कप्तान रहेका हार्दिक पान्ड्या पञ्जाब किङ्समा पुगेका छन् भने भारतका टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध भएका छन्। पान्ड्याको यो ट्रेडसँगै मुम्बई इन्डियन्ससँगको उनको दोस्रो यात्रा टुंगिएको छ। उनले मुम्बईबाट चार पटक आईपीएल उपाधि जितेका छन्।
सन् २०१५ मा पहिलोपटक मुम्बईमा आबद्ध भएका पान्ड्याले सन् २०१५, २०१७, २०१९ र २०२० मा टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। मुम्बईमा सात सिजन बिताएपछि पान्ड्या सन् २०२२ मा गुजरात टाइटन्समा पुगेका थिए। उनले पहिलो सिजनमै कप्तानका रूपमा टोलीलाई उपाधि दिलाए। गुजरात सन् २०२३ मा पनि फाइनल पुगेको थियो। त्यसपछि सन् २०२४ मा मुम्बई फर्किएका पान्ड्याले टोलीको कप्तानी सम्हालेका थिए।
यता, अर्शदीप सिंह आठ सिजन पञ्जाब किङ्समा बिताएपछि मुम्बई पुगेका छन्। सन् २०१९ मा आईपीएलमा डेब्यु गरेका अर्शदीप पञ्जाबका प्रमुख बायाँहाते तीव्र गतिका बलरका रूपमा स्थापित भएका थिए। उनले पञ्जाबका लागि ९६ खेलमा १११ विकेट लिएका छन्। उनी पञ्जाबका लागि आईपीएलमा सर्वाधिक विकेट लिने बलर हुन्।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post