भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने
Read the full story at Onlinekhabar (Nepali)

सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको थियो । अग्निपथ अनुसार भर्ती भएकाहरू मध्ये ७५ प्रतिशतको जागिर चार वर्षपछि सकिन्थ्यो । १८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रि काठमाडौंमा भेटघाटमा व्यस्त भएका भइरहेका बेला भारतको मन्त्रिपरिषद्ले गोर्खा भर्तीसँग जोडिएको विषयमा एउटा अर्थपूर्ण निर्णय गरेको छ ।
सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको थियो । अग्निपथ अनुसार भर्ती भएकाहरू मध्ये ७५ प्रतिशतको जागिर चार वर्षपछि सकिन्थ्यो । बुधबार मिश्रिको भ्रमण चलिरहेका बेला भारतले अग्निपथको अवधी चार वर्षबाट बढाएर ६ वर्ष पुर्याएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिए । प्रधानमन्त्री बालेन्द्र शाहको मंसिरमा हुने भनिएको भारत भ्रमणको पूर्व सन्ध्यामा आएको यस्तो निर्णयको दुई वटा सन्देश हुन सक्ने कुटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।
नेपालसँग सुमधुर सम्बन्धका लागि भारत तयार रहेको र भारतीय सेनामा नेपाली लिगेसीलाई निरन्तरता दिन चाहेको हुनसक्ने उनीहरू बताउँछन् । ‘तर यस्तो निर्णय नेपालसँग सल्लाह गरेरै लिएको भए हुन्थ्यो,’ भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय भन्छन् ।
More world
- Man run over by truck near MadhavarmThe Hindu
- Bowen: Trump's loss limits powers at home, but it will likely be different abroadBBC
- "Could Smell Alcohol On Him": Rahul Gandhi Attacks Bhagwant Mann, AAP ReactsNDTV
- Man Accuses Wife, Mother-In-Law Of Forced Circumcision In AssamNDTV
- British man infected with Ebola in DR Congo to be flown back to UKBBC
- Need for a unified urbanisation planThe Hindu