नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट
Read the full story at Nagarik News

अपराध गरेर प्रमाण मेटाउन खोज्ने व्यक्तिले घटनाको कथा पनि आफ्नै अनुकूल बनाउन सक्छ। कहिले बेपत्ता भएको बताउँछ, कहिले मृत्यु भएको स्वीकार्छ त कहिले मृत्युलाई आत्महत्या साबित गर्न खोज्छ। तर अपराध अनुसन्धान र न्यायिक प्रक्रियामा झुटका तहहरू उधिन्दै जाँदा एउटै प्रश्न निर्णायक बन्न सक्छ, अभियुक्तको कुन भनाइ सत्य हो?
अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा अभियोजन पक्षका अधिवक्ता म्याथ्यु स्वीटले यही प्रश्नलाई केन्द्रमा राखेर नरेश भट्टका बयान, गतिविधि र प्रमाणहरूलाई जुरीसामु एकपछि अर्को गर्दै राखे। नरेशले सुनाएका फरक–फरक कथा, प्रहरी र आफन्तसँग बोलेका कुरा तथा अदालतमा गरेको पछिल्लो दाबीबीचको विरोधाभासलाई उनले जिरहको मुख्य हतियार बनाए। अन्ततः मंगलबार, नोभेम्बर १० मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित अदालतको जुरीले नरेशलाई आफ्नी पत्नी ममता काफ्ले भट्टको प्रथम श्रेणीको हत्यामा दोषी ठहर गर्यो।
शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा पनि उनी दोषी ठहर भए। आठ महिला र चार पुरुष सदस्य रहेको जुरीले करिब चार घण्टाको छलफलपछि सर्वसम्मत फैसला सुनाएको थियो। ममताको शव अहिलेसम्म फेला परेको छैन।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post