नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
Read the full story at Onlinekhabar (Nepali)

अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ, र उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। २६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लु नुलीले संकलित रकमको चेक अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। कार्यक्रममा बोल्दै फाउन्डेसनका सीईओ नुलीले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियामा रहेका सहयोगी, शुभेच्छुक तथा विभिन्न समुदायको साथबाट रकम संकलन गरिएको बताए।
अनलाइनखबरसँग कुरा गर्दै नुलीले रिच फर नेपाल फाउन्डेसनले सन् २०१५ मा स्थापना भएदेखि नै नेपालमा मानवीय सहायता तथा सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको बताए। ‘हामी नेपालका लागि सहयोग जुटाउन सधैँ पैसा खोज्दै हिँड्दैनौँ। नेपाललाई सहयोग गर्न चाहने मानिसहरू आफैँ हामीलाई खोज्दै आउँछन्,’ उनले भने।
More environment
- नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथNepal Khabar
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- UN chief urges climate justice and greater support for vulnerable countriesKathmandu Post
- Nepal seeks mountain-specific early warning systems after devastating floodKathmandu Post
- सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरूद्धSetopati
- बाढी र सुक्खा पहिरोका कारण गोरखा र गुल्मीका मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्धDC Nepal