फायरिङले पनि रोक्न सकेन टाइगरको रफ्तार, जाह्नवीसँग सकाए ‘लग जा गले’को सुटिङ
Read the full story at Onlinekhabar (Nepali)

बलिउड अभिनेता टाइगर श्रफ केही समयअघि भएको फायरिङ घटनापछि पुनः काममा फर्किएका छन् । उनी अभिनीत आगामी फिल्म ‘लग जा गले’को पुणे सेड्युलको छायांकन पूरा भएको छ । फिल्मकी अभिनेत्री जाह्नवी कपूरले आफ्नो इन्स्टाग्राम स्टोरीमा सुटिङ सकिएको खुसी साटिएको केकको तस्बिर सेयर गरेकी छन् । केकमा ‘एलजेबी पुणे र्याप’ लेखिएको छ । त्यसमा धर्मा प्रोडक्सनको नामसमेत देखिन्छ ।
फिल्मको हेयर तथा मेकअप टिमका सदस्यले पनि ‘सुटिङ पूरा भयो’ भन्दै तस्बिर सेयर गरेका थिए । यसअघि टाइगरमाथि मुम्बईको जुहु क्षेत्रमा फायरिङ भएको घटना सार्वजनिक भएको थियो । घटनापछि उनको सुरक्षा र फिल्मको कामलाई लिएर विभिन्न चासो व्यक्त भइरहेका थिए । यही परिस्थितिलाई ध्यानमा राख्दै फिल्म निर्माण टिमले छायांकनस्थलको गोपनीयता कायम राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टाइगरको सुरक्षालाई प्राथमिकतामा राख्दै सुटिङको स्थान गोप्य राखिएको बताइएको छ ।
टिमका मुख्य सदस्यबाहेक अरूलाई छायांकनस्थलबारे जानकारी दिइएको थिएन । राज मेहताको निर्देशनमा निर्माण भइरहेको ‘लग जा गले’मा टाइगर श्रफ र जाह्नवी कपूरसँगै लक्ष्य लालवानी मुख्य भूमिकामा छन् । एक्सन विधामा निर्माण भइरहेको यो फिल्मको छायांकन सन् २०२५ को डिसेम्बरमा मुम्बईबाट सुरु भएको थियो । सुरुमा सन् २०२६ मै प्रदर्शन गर्ने तयारी भए पनि छायांकनमा भएको ढिलाइका कारण फिल्मको प्रदर्शन मिति सारिएको हो ।
More politics
- And then there were four: Lumbini lead NPL playoff packKathmandu Post
- Balendra Shah administration goes fast with ordinances: 13 issued, 2 forwarded in 8 monthsKathmandu Post
- Jayanti Memorial Trust marks 25 years of expanding access to heart careKathmandu Post
- How Ishuta Shrestha found her calling in the fierce imagery of PaubhaKathmandu Post
- US air travel disruptions to persist until late on Sunday, FAA head saysKathmandu Post
- Bahrain issues first threat alerts since September as Iran says it attacked US baseKathmandu Post