महाअभियोग प्रस्ताव पेस भएपछि अमेरिकी रक्षामन्त्री हेगसेथको पहिलो पत्रकार सम्मेलन, बचाउमा के भने?
Read the full story at Setopati

मंगलबार पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरे। महाअभियोग प्रस्तावलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै उनले आफूलाई हटाउन खोज्नेहरूलाई चुनौतीसमेत दिए। रिपब्लिकन सांसद थोमस मासीले सोमबार उनीविरुद्ध महाअभियोगका आठवटा अभियोग पेस गरेका थिए। त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरेका हेगसेथले मासीको कदमलाई राजनीतिक तमासा र व्यक्तिगत कुण्ठाको उपज बताए।
‘यो निगरानी पनि होइन, जवाफदेहिता पनि होइन। यो राजनीतिक तमासा हो, व्यक्तिगत अहंकार र कुण्ठाबाट प्रेरित अभिव्यक्ति हो,’ उनले भने। रोयटर्सका अनुसार हेगसेथविरुद्ध संसद्को स्वीकृतिबिना इरानमाथि युद्ध सञ्चालन गर्न आदेश दिएको, शक्तिको दुरुपयोग गरेको र अमेरिकी सैनिकको सुरक्षालाई जोखिममा पारेको लगायतका आरोप लगाइएको छ। तर हेगसेथले यी आरोपलाई महाअभियोग लगाउनुपर्ने अपराध नभई नीतिगत असहमति मात्रै भएको दाबी गरे।
नीतिगत असहमतिको समाधान संसद्मा छलफल र निर्वाचनमार्फत खोजिनुपर्ने उनको भनाइ थियो। उनले इरानमाथिको युद्धसहित ट्रम्प प्रशासनले सञ्चालन गरेका सैन्य कारबाहीको पनि बचाउ गरे। ती अभियान सञ्चालन गरेकोमा आफूलाई गर्व रहेको र फेरि त्यस्तै निर्णय लिनुपर्ने अवस्था आए पछि नहट्ने उनले बताए। गत फेब्रुअरीमा अमेरिकाले इरानमाथि युद्ध सुरु गरेपछि त्यसको औचित्य र कानुनी आधारमाथि प्रश्न उठ्दै आएको छ।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post