१३० देखि १४० रन बनाउन सकेको भए खेल जित्न सक्थ्यौँ : गुल्शन झा
Read the full story at Ratopati

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि कर्णाली याक्सका अलराउन्डर गुल्शन झाले ब्याटिङ राम्रो हुन नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कीर्तिपुरको पिच सुस्त रहेकाले धेरै रन बन्न नसकेको बताए । कर्णालीले २० ओभरमा १०५ रन बनाएको थियो । उक्त लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर पूरा गरेको थियो । ‘पहिलो इनिङ्समा विकेट केही सुस्त देखिएको थियो ।
हाम्रो लक्ष्य १३० देखि १४० रन बनाउने थियो । त्यति रन बनाउन सकेको भए त्यो प्रतिस्पर्धात्मक योगफल बन्ने थियो र हामीसँग खेल जित्ने राम्रो अवसर हुन्थ्यो । तर, हामीले सोचेअनुसार रन बनाउन सकेनौँ,’ उनले भने । सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछि लगातार हारको दबाबमा परेको छ । काठमाडौँ गोर्खाजसँग १८० रनको लक्ष्य रक्षा गर्न नसकेपछि टोलीको प्रदर्शनमा उतारचढाव आएको थियो । यसबारे बोल्दै गुल्शनले टी–२० क्रिकेटमा यस्तो हुनु सामान्य भए पनि खेलका क्रममा भएका साना गल्तीले टोलीलाई पछि पारेको बताए ।
‘काठमाडौँसँगको खेल हारेपछि पनि हामीले एकअर्कालाई साथ दिइरहेका थियौँ । टी–२० क्रिकेटमा हारजित भइरहन्छ । हामी हरेक खेलमा अघिल्लो नतिजा बिर्सेर नयाँ सुरुवात गर्ने सोचका साथ मैदान उत्रिएका थियौँ । तर, खेलका क्रममा भएका केही साना गल्तीले गर्दा नतिजा हाम्रो पक्षमा आउन सकेन,’ उनले भने ।
More sports
- जुवातास खेलेको आरोपमा ४४ जना पक्राउNepal Khabar
- Italy vs France LIVE: UEFA Nations LeagueAl Jazeera
- त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्बिरहरू)Onlinekhabar (Nepali)
- रास्वपा महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली कार्तिक २९ मा चीन जानेBizmandu
- एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?Onlinekhabar (Nepali)
- On Dakar’s Packed Beaches, Africa Welcomes Its First Youth OlympicsThe New York Times