Skip to main content
विश्वThaha Khabar2 outlets covering

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा

Read the full story at Thaha Khabar

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा

जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुव्र्यवहार हुने गरेको खुलासा गरेको छ। यो सर्वेक्षण जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा वृद्धि गर्न र विशेष गरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला सार्वजनिक भएको हो। जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ।

मन्त्री पिस्टोरियसका अनुसार, सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुव्र्यवहार भोगेको बताएका छन् भने १० प्रतिशतले शारीरिक यौन दुव्र्यवहारको सामना गर्नुपरेको बताएका छन्। उनका अनुसार, कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू यस्तो दुव्र्यवहारबाट बढी प्रभावित छन्। पुरुष सैनिकहरूमध्ये भने विपरीत लिङ्गिप्रति आकर्षित नहुनेहरू बढी दुव्र्यवहारको सिकार भएको पाइएको छ।

“बुन्डेसवेरमा यौन दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ,” पिस्टोरियसले भने। उनले यस्तो समस्या सम्बोधन गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि प्रस्तुत गरे।