पर्यटकलाई सामाजिक सेवामा जोड्दै ग्रीन सोसाइटी
Read the full story at Nepal Khabar

चितवनको पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने पर्यटकलाई सामाजिक सेवामा समेत जोड्ने अभियान सुरु भएको छ। ग्रीन सोसाइटी नेपालले यो अभियान सञ्चालन गरेको हो। समाजसेवीद्वय शेरबहादुर परियार र शिरलाल परियारले पर्यटकलाई प्रत्यक्ष सामाजिक सेवामा सहभागी गराउँन गीन सोसाइटी नेपालमार्फत अभियान सञ्चालन गरेका हुन्।
उनीहरूले पर्यटकलाई विकट बस्तीमा पुर्याएर स्थानीयको अवस्था बुझाउने र सहयोगमा जोड्ने गर्दै आएका छन्। यसै क्रममा शुक्रबार कालिका नगरपालिका-११ स्थित माझवाङ माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बकुलहर रत्ननगर अस्पतालका डा.
सुरज बिडारी नेतृत्वको चिकित्सक टोलीले चार सयभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। त्यस्तै, २५० भन्दा बढी बालबालिकालाई सर्वोत्तम लिटो, झुल तथा महिलालाई स्यानिटरी प्याड वितरण गरिएको छ। विद्यालयका ९४ जना चेपाङ विद्यार्थीका लागि एक वर्ष पुग्ने शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
More society
- प्रमुख जिल्ला अधिकारीविहीन बन्यो दैलेखNepal Khabar
- कृषाको फिल्म ‘उही तिम्रो’ मा पल र प्रदीपको पुनः सहकार्यNepal Khabar
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- Supreme Court registers petition challenging removal of Nepal Police chiefKathmandu Post
- Malaysia ex-PM Najib Razak set for house arrest after party pays fine to leave jailKathmandu Post
- 'Ramayana': Ancient Hindu epic and India's most expensive filmFrance 24