नयाँं पुस्तालाई अग्रजहरुको सङ्घर्षबारे जानकारी दिनुपर्छ : अध्यक्ष बिजुक्छे
Read the full story at Ratopati

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक राजनीतिक विषयमा आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताए ।
भक्तपुरका जनता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको पुस्ताले विगतका सङ्घर्ष प्रत्यक्ष रूपमा नदेखेकाले समाज रूपान्तरणका लागि अग्रज पुस्ताले गरेका विभिन्न आन्दोलन र सङ्घर्षका गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए । विगतका सङ्घर्ष, अनुभव र योगदानलाई स्मरण गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने उनको भनाइ थियो । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापना गर्न यहाँका अग्रजले पुर्याएको योगदान सधैँ स्मरणीय रहेको बताए ।
ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा ख्वप इञ्जिनियरिङ कलेजलाई उत्कृष्ट कलेज बनाउने दिशामा अघि बढिरहेको बताए ।
More politics
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar