Skip to main content
राजनीतिRatopati

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र

Read the full story at Ratopati

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र

वासिङ्टन डीसी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच प्रत्यक्ष संवाद गराउने तथा रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ताको अर्को चरणको तयारी भइरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी विशेष दूत स्टिभ विटकफसँग मिलेर रुस, युक्रेन र युरोपेली साझेदारहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्ला वार्तामा शान्ति स्थापनाका लागि केही नयाँ प्रस्तावसमेत अघि सारिएका छन् । कुसनरले स्थायी शान्तिका लागि युक्रेनलाई विश्वसनीय सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताएका छन् । युद्धपछि पुनः सैन्य टकराब हुन नदिन व्यावहारिक सुरक्षा व्यवस्था र सैन्य समन्वयको आवश्यकता रहेको उनको भनाइ छ । उनले युरोपको सुरक्षाका लागि नेटोको भूमिका पनि महत्त्वपूर्ण रहने उल्लेख गरे ।

शान्ति वार्तामा युरोपेली सहभागिता बढाउने प्रयाससमेत भइरहेको छ । बेलायत, फ्रान्स, जर्मनी, इटाली र पोल्यान्डले आगामी वार्तामा आफ्ना प्रतिनिधि पठाउने भएका छन् । युद्धविराम भए युक्रेनको सुरक्षा सुनिश्चित गर्न प्रस्तावित ‘कोलिसन अफ द विलिङ’ अन्तर्गत सैनिक योगदान गर्ने इच्छासमेत यी देशले देखाएका छन् । यसअघि अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ता भएको थियो ।