चितवनका सयपत्री र मखमलीका माला बेलायत, हङकङ र दुबई निर्यात
Read the full story at Thaha Khabar

नारायणघाट : चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ। पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो। स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको छ। यसैगरी ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका (भिआइपी) माला र ५०० किलो सयपत्री फूलका थुँगा पनि हङ्कङ पठाइएको बाँस्तोलाले जानकारी दिए।
उनका अनुसार एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुँगा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत पठाइएको छ। ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट माला खरिद गरेर लगेका हुन्। सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको व्यावसायिक फूलखेती अहिले १० बिघामा विस्तार भएको छ। त्यसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ।
बाँस्तोलाका अनुसार उत्पादित माला नेपाली बजारमा प्रतिगोटा रु ८० र विदेशमा रु १०० मा बिक्री हुने गरेको छ। परिवारका चार दाजुभाइमध्ये तीनजनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन्। गोविन्द चितवन मेडिकल कलेजमा अध्यापन गर्छन्। कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेतीबाट अहिले वार्षिक रु ७० देखि ८० लाखसम्मको कारोबार हुने गरेको उनले बताए।
More environment
- Parts of Delhi continue to reel under ‘severe’ air pollution on the eve of DeepavaliThe Hindu
- AI data centre expansion: Climate activists occupy Microsoft site in AmsterdamThe Hindu
- भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्तिNagarik News
- भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णयOnlinekhabar (Nepali)
- Rusted pontoon bridge left unused for 13 years shifted from Bardiya to be installed at flood-hit Phurkekhola, DhadingKathmandu Post
- वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागूDC Nepal