चारलेन सडक निर्माणसँगै खजुरा बजारको फेरिएको मुहार
Read the full story at Thaha Khabar

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुराबजार क्षेत्रको एक हजार ८०० मिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अलपत्र अवस्थामा छोडेपछि सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशनालय जिम्मामा सडकको स्तरोन्नति गरिएको हो। खजुरा बजार क्षेत्रमा १६ मिटरको अक्सफाल्ट कालोपत्रे र करिब दुई मिटरको फुटपाथसहित स्तरोन्नतिको कार्य गरिएको योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताए।
उनका अनुसार एक हजार ८०० मिटर सडक र त्यसैअन्तर्गत पेडारी नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम गरिएको हो। नेपालगञ्ज–गुलरिया हुलाकी सडकको २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालन हुँदा अलपत्र अवस्थामा रहेको खजुराबजार खण्ड हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाएर निर्माण गरिएको हो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जबाट रु सात करोड एक हजार ६९ मा ठेक्का पाएको निर्माण कम्पनी मैटहवा–एनएटी–स्टेटलाइट जेभीले कुल एक हजार ८०० मिटर सडकमा अहिले ‘अक्सफाल्ड प्रविधि’बाट कालोपत्रे भएको योजना कार्यालय प्रमुख भण्डारीले बताए । चार लेन सडक निर्माण गर्न विसं २०७४ मा सडक डिभिजनबाट ठेक्का लगाइएकामा ठेकेदार कम्पनीबाट गुणस्तरहीन र अधुरो अवस्थामै अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीले विगत नौ वर्षदेखि सास्ती खेप्दै आएका थिए।
More business
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- ऋण वर्गीकरणको व्यवस्था अव्यावहारिक र कडा भयो: अध्यक्ष उपाध्यायNepal Khabar
- China’s Trade Surplus Passes $1 Trillion at Record PaceThe New York Times
- टिभी एंकरको हत्याको आरोप लागेका श्रीमानविरुद्धको मुद्दा महिलाका माइतीले फिर्ता लिनेDC Nepal
- California voters reject billionaire taxAl Jazeera
- California Rejects Proposed One-Time 5% Tax For BillionairesNDTV