Skip to main content
वातावरणSetopati2 outlets covering

चितवनलाई हराउनैपर्ने दबाबमा जनकपुर, टस जितेर ब्याटिङ रोज्यो

Read the full story at Setopati

चितवनलाई हराउनैपर्ने दबाबमा जनकपुर, टस जितेर ब्याटिङ रोज्यो

दुवै टोलीले आजको खेलका लागि प्लेइङ ११ मा एक–एक परिवर्तन गरेका छन्। जनकपुरले अनिल साहको स्थानमा सन्तोष कार्कीलाई मौका दिएको छ। चितवनले भने डान मोन्सीको स्थानमा डेविड मलानलाई टोलीमा समावेश गरेको छ। जनकपुरको प्लेइङ ११ मा हरमित सिंह (कप्तान), सन्तोष कार्की, विशाल सुस्लिङ, राहुल यादव, ललित राजवंशी, आदित्य महता, तृतराज दास, अभिषेक तिवारी, जेम्स निसम, रायन बर्ल र ह्यारी टेक्टर छन्। त्यस्तै, चितवनको प्लेइङ ११ मा सिकन्दर राजा (कप्तान), कुशल मल्ल, रिजन ढकाल, कमल ऐरी, अर्जुन साउद, विवेक यादव, रञ्जित कुमार, मौसम ढकाल, रवि बोपारा, कपिल मिल्सार र डेविड मलान छन्।

जनकपुरका लागि यो लिग चरणको अन्तिम खेल हो। ६ खेलबाट २ जित मात्रै निकालेको जनकपुर ४ अंकसहित प्लेअफ दौडमा छ। प्लेअफ सम्भावना जीवित राख्न जनकपुरलाई आजको खेल जित्नैपर्ने दबाब छ। जित निकाले पनि उसको प्लेअफ यात्रा सुनिश्चित हुने छैन। त्यसका लागि अन्य टोलीको नतिजा पनि अनुकूल आउनुपर्नेछ।

यता, चितवनको प्लेअफ सम्भावना तुलनात्मक रूपमा बलियो छ। ५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको चितवनले आजको खेलपछि लिग चरणमा अर्को एक खेल खेल्न बाँकी छ। बाँकी दुवै खेल जित्न सके चितवनको प्लेअफ यात्रा बलियो बन्नेछ।