मंसिरमा बक्स अफिस तताउँदै ६ फिल्म : कमेडियनको अग्निपरीक्षा, स्टारहरू आमनेसामने
Read the full story at Ratopati

काठमाडौँ । नेपाली फिल्मको बक्स अफिसका लागि कात्तिक महिना समग्रमा सुखद नै मान्न सकिन्छ । ‘कबड्डी ५’, ‘पाँच पाण्डव’ र ‘बाटुलो जुन’ गरी तीन फिल्म प्रदर्शनमा आएको यो महिना दयाहाङ राई अभिनीत ‘कबड्डी ५’ १२ करोडभन्दा बढीको व्यवसायसहित अघि बढिरहेको छ । तर, हरिवंश आचार्य अभिनीत ‘पाँच पाण्डव’ भने विभिन्न विवादमा फसेका कारण बक्स अफिसमा नराम्रोसँग पछारिन पुग्यो ।
अनमोल केसी अभिनीत ‘बाटुलो जुन’को सुरुवाती दिनमा हलमा दर्शकको चहलपहल देखिए पनि समग्र व्यवसाय कस्तो रहन्छ, अहिले नै भन्न सकिने अवस्था छैन । कात्तिकको उतारचढावपूर्ण माहोलबीच आगामी मंसिर महिनामा बक्स अफिसमा झनै प्रतिस्पर्धात्मक अवस्था बन्ने अनुमान गरिएको छ । हालसम्मको रिलिज क्यालेन्डरअनुसार मंसिरमा ६ फिल्म प्रदर्शनमा आउने तय छ । पहिलो साता ‘जलाकी’ र ‘हिमालयन गोल्ड’, दोस्रो साता ‘ककाकिकी’ र ‘सारथी’ तथा तेस्रो साता ‘३६ को आँकडा’ र ‘सिन्दुरे जात्रा’ प्रदर्शनमा आउँदैछन् ।
रोचक त के छ भने सुरुवाती तीन साता लगातार दुई–दुई फिल्म भिड्दैछन् भने अन्तिम साता अर्थात् मंसिर २५ गतेका लागि हालसम्म कुनै फिल्म तय भएको छैन । यद्यपि, वितरक रोहित कट्टेल भने त्यो मिति पनि खाली नहुने बताउँछन् । सांस्कृतिक र यार्सागुम्बाको कथा मंसिरको पहिलो साता अर्थात् ४ गते प्रदर्शनमा आउन लागेका ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ दुई फरक धारमा बनेका फिल्म हुन् ।
More society
- डीडीसी विराटनगरका प्रमुख शर्मा पक्राउNepal Khabar
- किन मनाइन्छ छठ पर्व ? जानौँ यसको धार्मिक, वैज्ञानिक र ऐतिहासिक महत्वDC Nepal
- Cop On Security Duty At Panjab University Shoots Himself DeadNDTV
- छठ पर्वको दोस्रो दिन आज ‘खरना’Setopati
- Chhath festival begins in MahottariThe Rising Nepal
- Himachal approves ₹1,500 monthly financial assistance for womenThe Hindu