संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भिटो पावर नियन्त्रण गर्ने प्रस्तावमा रुसको पूर्ण अस्वीकृति
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको ‘भिटो पावर’ लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन विभागका निर्देशक किहिल लोग्विनोभले रुसी समाचार एजेन्सी ‘तास’ लाई दिएको अन्तर्वार्तामा मस्कोको आधिकारिक अडान सार्वजनिक गर्दै उक्त टिप्पणी गरेका हुन्।
लोग्विनोभले भिटो पावरलाई केवल एउटा अधिकार वा विशेषाधिकारका रूपमा नभई दीर्घकालीन र न्यायोचित सहमति खोज्न बाध्य पार्ने एउटा विशेष जिम्मेवारीको भारका रूपमा व्याख्या गरेका छन्। लोग्विनोभले भनेका छन्, ‘जस्तोसुकै तर्क वा कारण पेस गरिए तापनि, भिटोको प्रयोगलाई सीमित गर्ने उद्देश्यले ल्याइएका प्रस्तावहरूमा रुसले कहिल्यै हरियो झण्डा देखाउने छैन। ’ उनले अगाडि थपे, ‘यो अधिकार कुनै विशेषाधिकार होइन, बरु विशेष जिम्मेवारीको भार हो।
यो एउटा यस्तो औजार हो जसले राष्ट्रहरूलाई दिगो र निष्पक्ष सम्झौताहरू खोज्न प्रेरित गर्दछ। ’ सुरक्षा परिषद्को प्रभावकारितामा आएको ह्रास वा असफलता भिटोको प्रयोगका कारण नभई पश्चिमा अल्पसङ्ख्यक देशहरूको नीतिका कारण भएको उनको आरोप छ। उनले पश्चिमा देशहरूले संयुक्त राष्ट्र सङ्घलाई केवल आफ्नो राजनीतिक एजेन्डा अगाडि बढाउने माध्यम बनाउन खोजेको दाबी गरे।
More world
- जेडी भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्यौँNepal Khabar
- India secures 4,700MW in Nepal, but little progress on projectsKathmandu Post
- In Kathmandu, Misri discusses potential agenda for PM Shah’s India visitKathmandu Post
- Mumbai’s Byculla Zoo closer to getting four Asiatic lions from GujaratThe Hindu
- Helping hand: On Cyclones Arnab and MurasuThe Hindu
- What the U.S. midterms mean for ties with ChinaThe Hindu