चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधि बेच्ने १३ वटा फार्मेसीलाई कारबाही गरिने
Read the full story at Thaha Khabar

काठमाडौँ : औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधि बेचेको फेला पारेको छ। विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गरेको थियो।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गर्दा १३ वटामा एन्टिबायोटिक औषधि बेचेको पाइएको बताए। “ललितपुरका १६ वटा फार्मेसीमा अनुगमन गर्दा प्रतिजैविक औषधिको दुरुपयोग हुने गरेको देखिन्छ”, उनले भने, “सोह्रवटा कम्युनिटी फार्मेसीमध्ये १३ वटा फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक ओभर द काउन्टर गरिरहेको पाइएको छ।
” यसरी बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बेच्ने फार्मेसीमा महालक्ष्मी–१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी, इजी फार्मेसी रहेका छन्। यसैगरी ललितपुर महानगरपालिका–१५ स्थित विश्वास फार्मेसी, ललितपुर महानगरपालिका–२, ३, ४ र ७ मा रहेका केही फार्मेसी पनि रहेका छन्।
More health
- Who is Hakeem Jeffries, the Democrat poised to become House speaker?Al Jazeera
- नर्सको भविष्य सुरक्षित नगरी स्वास्थ्य सेवा कसरी सुरक्षित हुन्छ ?Nagarik News
- Islamist Militant Attack Forces Patients to Flee Ebola Clinic in CongoThe New York Times
- Pope urges healthcare for all in UruguayFrance 24
- 12 Planes in 12 Days: Pope Begins Major Latin America Tour, Weeks After SurgeryThe New York Times
- Nepali Congress to provide warm clothes and mental health counselling to flood-hit communitiesOnlinekhabar English