Skip to main content
प्रविधिOnlinekhabar (Nepali)

यामाहा एक्सएसआर १५५ : क्लासिक लुक्स र आधुनिक प्रविधि संयोजन (भिडियो)

Read the full story at Onlinekhabar (Nepali)

यामाहा एक्सएसआर १५५ : क्लासिक लुक्स र आधुनिक प्रविधि संयोजन (भिडियो)

एक्सएसआर १५५ को सबैभन्दा ठूलो आकर्षण यसको डिजाइन हो । गोलो हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांकी र क्लासिक शैलीको सिटले यसलाई परम्परागत मोटरसाइकलको लुक्स दिन्छ । १९ कात्तिक, काठमाडौं । सडकमा अहिले यामाहाको ‘एक्सएसआर १५५’ बाइक देखिन थालेको छ । क्लासिक डिजाइन र आधुनिक प्रविधि संयोजन रहेको यो बाइकले विशेषगरी युवा रेट्रो बाइक पारखीको ध्यान तानिरहेको छ ।

आकर्षक लुक्ससँगै पावर, सिटी राइडिङ र आधुनिक फिचर खोज्ने ग्राहक लक्षित गरी ल्याइएको यो बाइकको मूल्य रङ अनुसार ५ लाख ३४ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय रुपैयाँसम्म छ । एक्सएसआर १५५ को सबैभन्दा ठूलो आकर्षण यसको डिजाइन हो । गोलो हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांकी र क्लासिक शैलीको सिटले यसलाई परम्परागत मोटरसाइकलको लुक्स दिन्छ । बाहिरी बनावट क्लासिक भए पनि यसको प्रविधि भने आधुनिक छ । बाइकमा यामाहाको भेरिएबल भल्भ एक्टुएसन (भीभीए) प्रविधि सहित १५५ सीसी इन्जिन प्रयोग गरिएको छ ।

यही इन्जिन यामाहाका वाईजेडएफ आर१५ र एमटी–१५ जस्ता मोडेलमा पनि प्रयोग हुँदै आएको छ । अन्य मोडेलमा परीक्षण भइसकेको इन्जिन भएकाले नयाँ डिजाइनको बाइक भए पनि यसको इन्जिनप्रति ग्राहकको विश्वास बढ्दै गएको कम्पनीको दाबी छ । भीभीए प्रविधिले इन्जिनको विभिन्न आरपीएममा उपयुक्त पावर डेलिभरी गर्न सहयोग गर्छ ।